कोरोनाः चुनौतीसँगै आएको अवसर

किशोर रेग्मी

हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुने गर्छ । नकारात्मक पक्षले हामीलाई अझ कमजोर बनाउँछ तर सकारात्मक पक्षले मजबुत । विश्वभरी फैलिएको यो कोरोना महामारीले पनि केही न केही अवश्य सिकाएको छ ।

हामीलाई एउटा अवसर प्रदान गरेको छ । वर्षभरी कामको होस् या पढाइको, मानिसलाइ राम्ररी बसेर केही सोच्ने फुर्सद पनि मिलेको थिएन । दिनहुको थकान होस् या तनाव, मानवजाती बढी नै पैसामुखी भएको भन्दा फरक नपर्ला ।

विगतमा पनि कुनै पनि महामारीले यतिसम्मको अनुभव गराएको थिएन । त्यसैले गर्दा होला, यस्तो अवस्थाको मानिसले कल्पनासम्म पनि गरेको थिएन । तितो मिठो थुप्रै अनुभव गरियो केवल व्यक्तिगत जिवनमा तर यसरी सम्पूर्ण मानव जातीलाई नै स्तब्ध बनाएको कोरोना भाइरसलाई अवसरको रूपमा लिनुपर्दछ ।

याे पनि पढ्नुस  घर जान पाउनुपर्ने माग गर्दै बस तोडफोड

अनुभवले नै मानिसलाइ धेरै सिकाउँछ । सुचना र प्रविधिको विकास नभएको कारणले गर्दा होला विगतमा कोरोना जस्तै महामारी मानिने स्पेनिस फ्लूको बारेमा सायद धेरै कुरा हामी चाहेर पनि जान्न सक्दैनौं । अहिलेको तितो अनुभवले हामीलाई पक्कै भविष्यमा आउने संकटलाई सजिलै जित्ने सुत्रहरु प्रदान गर्नेछ ।

कोरोनाको अवसरले सम्पूर्ण परिवार मिलेर भविष्यबारे सोच्न समय जुटाएको छ । मानिसलाई स्वास्थ्य नै सबै कुरा हो भन्ने ज्ञान पनि प्रदान गरेको छ । रित्तै छोडिएका थुप्रै बाँझो जग्गाहरूमा खेतीपाती शुरू हुन थालेका छन् । विदेशको गर्मी पसिना बेच्न बाध्य जनशक्तिलाई अब स्वदेशमै खटाउनेतर्फ सरकार केन्द्रित बनेको छ । पढ्न होस् या पढेपछि हुने बौद्धिक पलायनलाई पनि पक्कै केही हदसम्म रोक्ने छ ।

याे पनि पढ्नुस  जब आज ‘नेपाल सरकार जिन्दावाद’ को नारा लाग्यो (फोटो फिचर)

मानिसमा एक आपसमा सहयोगको भावना उजागर गरेको छ । जनप्रतिनिधि हुन् वा नेताहरु आफ्नो ठाउँमा देखाउनुपर्ने नेतृत्व देखाएर ठाउँ कोरोनामुक्त पार्न लागेका छन् । वातावरणको सन्दर्भमा वातावरण पनि सफा भएको छ । ओजोन तहमा बाक्लिएको छ । मानिसलाई सिर्जनशिल बनाएको छ । भाइरसको भ्याक्सिन बनाउने होडबाजीले विज्ञानमा फड्को मार्ने निश्चत छ ।

हाम्रो जस्तो विकासउन्मुख देशहरूले स्वास्थ्य क्षेत्रमा पनि महत्व दिनुपर्छ भन्ने ज्ञान दिएको छ । यस्तो घडीमा सम्पूर्ण जनतालाई एकतामा बाँधेको छ । मुख्य कुरा त हामी चाँहे जति धनी हौं चाँहे जति नै धनी देशमा बसौं केही न केही यस्ता जीवहरू अवश्य छन् । जसलाइ हामीले चाहेर पनि रोक्न सक्दैनौं । अझ भनांै ती हाम्रा नियन्त्रण बाहिर छन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमित सङ्ख्या १९ पुग्यो

हाम्रो अनुशासन, लगन र मेहेनतले गर्दा पनि कोरोना बिरुद्धको यो लडाइँ हामिले अवश्य जित्ने छौं । यो महामारीबाट पाठ सिक्दै भोलि आउने जुनसुकै महामारीको सामना सजिलै गर्न सक्नेछौं । हामी आफू पनि जहाँ छौं, उहीँ तहबाट यो युद्धमा सहयोग गरौं । सरकारले पनि जनताको निम्ति राहतको थुप्रै कार्यक्रम ल्याओस् !

ताजा समाचार

उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

‘गुल्मीका संक्रमितको अवस्था चिन्ताजनक तर मृत्यु भएको छैन’

रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका युवकको मृत्यु

६८ संक्रमित भेटिएपछि नरैनापुर अनिश्चितकालका लागि सिल

बङ्गालको खाडीबाट शक्तिशाली अम्पुन चक्रवात नेपाल आउँदै

कमेन्ट गर्नुहोस्