अमेरिकी कम्पनीले भन्यो, ‘कोरोना विरुद्धको खोपको परीक्षण सफल’

एक अमेरिकी कम्पनीले कोरोना भाइरस (कोभिड-१९) को खोपको मानिसमा गरिएको परीक्षण सफल भएको बताएको छ ।

अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सबैभन्दा पहिला परीक्षण गरिएका ८ जना मानिसमा कोरोना भाइरसलाई मार्न सक्ने एन्टिबडी विकास भएको पाइएको बताएको छ ।

कम्पनीले अनुसन्धानमा सहभागी मानिसमा प्रतिरक्षा प्रतिक्रिया वास्तविकरुपमा कोभिड–१९ बाट संक्रमित मानिस बराबर पाइएको थियो ।

याे पनि पढ्नुस  कोरोना विश्व अपडेटः ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार, अमेरिकामा झण्डै ५० हजारको मृत्यु

वास्तवमा नै यो खोप कोरोना भाइरसको संक्रमण रोक्न फलदायी हुने वा नहुने भन्ने सुनिश्चित गर्न अझै धेरै मानिसहरूमा आगामी जुलाई महिनामा यसको परीक्षण हुने अपेक्षा छ । अहिले विश्वभर कोरोना भाइरसको खोप निर्माणको काम अभूतपूर्व गतिमा भइरहेको छ । अहिले विश्वभरका ८० समूह कोरोना भाइरसको खोप निर्माणको लागि काम गरिरहेका छन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट आमा गुमाएमा शिशु अस्पतालबाट डिस्चार्ज

खोप तयार भएपछि अधिकांश मानिसको प्रतिरक्षा प्रणालीलाई कोेरोना भाइरससँग लड्न सक्ने बनाउन सकिने अपेक्षा छ । एजेन्सी

कमेन्ट गर्नुहोस्