नेपाली महिलालाई अपमान गरेको भन्दै अनुष्काविरुद्ध मुद्दा

काठमाडौंः नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध अरुणाञ्चल प्रदेशमा मुद्दा दर्ता भएको छ ।

शर्माले निर्माण गरेको सिरियल ‘पाताल लोक’ मा नेपाली महिलामाथि आपत्तिजनक शब्दको प्रयोग गरिएकाले अल अरुणाञ्चल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

याे पनि पढ्नुस  ‘हरे राम’ लेखेको बिकिनी लगाउने बाणी कपूरविरुद्ध मुद्दा दर्ता

पाताल लोकमा नेपाली महिलालाई अपमान गरिएको छ । शर्माकोविरुद्ध लाखौँ नेपालीले समाजिक सञ्जालमार्फत् शब्द र दृश्य हटाउन माग गरेका छन् । नेपालीलाई अपमान गरेपछि उनको सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमासमेत उनीविरुद्ध हजारौँ नेपालीले विरोध जनाएका छन् ।

गोर्खा समाजले नेपाली समुदायको मानहानी गरेको उल्लेख छ । त्यस्तै दार्जिलिङकी अञ्जनी शर्माले नयाँ दिल्लीस्थित मानव अधिकार आयोग र साइबर क्राइममा सोमबार मुद्दा दर्ता गरेकी छन् । त्यस्तै भारतीय युवा गोर्खा परिसंघले पनि उनीविरुद्ध भारतीय सूचना एवं प्रसार मन्त्रालयमा कारबाहीको माग गर्दै उजुरी दर्ता गरेको छ ।

याे पनि पढ्नुस  श्रीमतीसँग ‘सेल्फ आइसोलेशन’मा विराट कोहली

मे १५ तारेखमा सार्वजनिक गरिएको अंकमा पूर्वोत्तरकी एक नेपाली भाषी महिलाको भूमिकामा रहेकी पात्रलाई वेश्या भनेर सम्बोधन गरिएको छ । त्यो शब्द र दृश्य दुवै नेपाली महिलामाथि अममान गर्ने खालको रहेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्