काठमाडौंका ७८ जनामा आरडीटी पोजिटिभ

काठमाडौंः उपत्यकाका बढी भिडभाड हुने क्षेत्रहरूमा गरिएको आरडीटी परीक्षण विधिमा ७८ जनामा पोजिटिभ नतिजा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको तरकारी तथा फलफूल बजार कालिमाटी, नयाँ बसपार्क गोंगबु, भृकुटीमण्डप र सरसफाइ सेन्टरमा गरी लगायतका स्थानमा गरी नमुना २ हजार २ सय ३६ वटा आरडीटी र १ हजार १९ वटा पीसीआर विधिमार्फत् परीक्षण गरिएकोमा अहिलेसम्म ७८ जनामा आरडीटी पोजिटिभ देखिएको हो ।

याे पनि पढ्नुस  को हुन् आज थपिएका २३९ संक्रमित (सूचीसहित)

कालिमाटी क्षेत्रमा गरिएको ७ सय वटा आरडीटीको नमुना परीक्षणमा ३ वटा पोजिटिभ रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । पीसीआर विधिबाट गरिएका ३३४ वटाको परीक्षणमा भने सबै रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै, सरसफाइ सेन्टरमा गरिएको ६६४ वटा आरडीटी परीक्षणमा ३१ वटा नमुनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यहाँ गरिएको २६७ वटा पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ। यसैगरी गोंगबु क्षेत्रमा गरिएको ४२० आरडिटी परीक्षणमा १५ वटा पोजेटिभ रिपोर्ट आएको छ।

याे पनि पढ्नुस  आज ८८४ जनामा कोरोना पुष्टि

१७२ वटा पीसीआर रिपोर्ट आउन बाँकी छ। त्यस्तै, भृकुटीमण्डपमा ४५२ वटा आरडिटी परीक्षणमा ३२ वटा पोजेटिभ आएको छ । त्यहाँ गरिएको २४६ पीसीआर रिपोर्ट पनि आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म आरडीटी परीक्षणमार्फत् पोजिटिभ रिपोर्ट आएकाहरुको पीसीआरमा पुनःपरीक्षण गर्ने क्रम जारी रहेको बताइएको छ ।

याे पनि पढ्नुस  उपत्यकामा थपिए आज १७४७ संक्रमित, काठमाडौंका मात्र १४५१ जना

कमेन्ट गर्नुहोस्