ट्रम्पले भने, ‘अमेरिकामा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा’

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको बताएका छन् ।

‘म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै राम्रो छ’, ह्वाइट हाउसमा उनले भने । कोरोना भाइरसको महामारी शुुरू भएपछि ट्रम्पले सोमबार पहिलो मन्त्रीपरिषद्को बैठक गरेका छन् ।

याे पनि पढ्नुस  ट्रम्पको दाबीः कोरोनाका कारण मृत्युमा चीन पहिलो स्थानमा

संवाददाताहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूले हामी संक्रमित संख्यामा अगाडि छौं भन्नुहुन्छ किनकी हामीले अरूको भन्दा धेरै परीक्षण गरेका छौं ।’ ‘त्यसैले हामीसँग धेरै केसहरू छन्’, उनी भन्दै गए, ‘म यसलाई नराम्रो रूपमा हेर्दिन, म यसलाई राम्रो रुपमा हेर्छु किनकी हाम्रो परीक्षण धेरै राम्रो छ ।’

याे पनि पढ्नुस  नेपालमा कोरोनाः कुन प्रदेश र जिल्लामा कति संक्रमित ? (सूचीसहित)

अमेरिकामा हालसम्म कोरोनाका १५ लाख संक्रमित भेटिएका छन् भने करिब ९२ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

ट्रम्पको उक्त टिप्पणीमा डेमोक्र्याटिक नेशनल कमिटीले भने अमेरिकामा १.५ मिलियन संक्रमित देखिनु नेतृत्वको पूर्ण विफलता भन्दै ट्वीट गरेको छ ।

कमेन्ट गर्नुहोस्