प्रेस कार्ड देखाएर चोरी !

काठमाडौंः लकडाउनको मौछा छोपेर चोरी गर्ने दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–१४ भर भइ धुम्बाराही बस्ने हम्मे भनिने हिमाल रसाईली र बारा बड्की फुलबारी गाउँपालिका–३ घर भइ ओमबहाल बस्ने अलि आलम मिया रहेका छन् ।

याे पनि पढ्नुस  भेट्न बोलाएर प्रेमिकाले गरिन् प्रेमीको लिङ्ग छेदन

उनीहरूले अरिअर ५१ ब्वाइज होस्टेलबाट चार थान ल्यापटप र चावहिल भत्केको पुलस्थित डा.सुबिन मानन्धरको एप्पल म्याक बुक प्रो ल्यापटक र एप्पल आईप्याड चोरी गरेको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ ।

सोधपुछको क्रममा प्रहरीबाट उम्कन एपी वान टेलिभिजनको प्रेसकार्ड देखाई आफुलाई पत्रकार भएको बताएका थिए ।

याे पनि पढ्नुस  ‘लकडाउन’ उल्लंघन गर्ने ७४० जनालाई उभ्याइयो

प्रहरीले उनीहरूको साथबाट एप्पल कम्पनीको एक ल्यापटप, एप्पल कम्पनीको एक आई प्याड, विभिन्न ब्राण्डका ६ मोबाईल, ३ थान धारिलो हतियार, क्याननको एक क्यामेरा, बा.२७ प.९४९० नम्बरको मोटरसाइकल र एपी वान टेलिभिजनकोे प्रेस कार्ड बरामद गरेको छ ।

साथै ५३ हजार रुपैयाँ, अमेरिकन डलर ३०० र चाईनिज युयान २०० रुपैयाँ समेत प्रहरीले उनीहरूको साथबाट फेला पारेको छ ।

कमेन्ट गर्नुहोस्