भारतमा कक्षा १० र १२ को बोर्ड परीक्षा गर्न दिइने, गृहमन्त्रीले दिए निर्देशन

नयाँ दिल्लीः भारतले लकडाउनका कारण रोकिएको कक्षा १० र १२ को परीक्षा सुचारू गर्न सकिने निर्णय गरेको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले राज्य र केन्द्रशासित प्रदेशका मुख्य सचिवलाई पत्र लेख्दै यस्तो निर्देशन दिएका हुन । अमित शाहले ट्विटमार्फत यसको जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  दिल्लीमा हिंसा, प्रहरीसहित ४ जनाको मृत्यु

‘ठूलो संख्यामा रहेका छात्रहरुको शैक्षणिक हितलाई ध्यानमा राख्दै सामाजिक दूरी अपनाउने र फेस मास्क लगाउने शर्तसहित कक्षा १० र १२ को बोर्ड परीक्षा गर्न लकडाउनमा छूट दिने निर्णय गरिएको छ ।” ट्विटमा शाहले भनेका छन् ।

बोर्ड परीक्षा सञ्चालन गर्न राज्य सरकार र सिबिआईले अनुरोध गरेको थियो । अनुरोधमाथि गम्भीरतापूर्वक विचार गरेपछि यो निर्णय लिइएको हो ।

याे पनि पढ्नुस  भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ पुग्यो

नयाँ नियम अनुसार, शिक्षक, कर्मचारी र छात्रहरुलाई अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्नेछ । यसका साथै हरेक परीक्षा केन्द्रमा थर्मल स्क्रिनिङ र सेनेटाइजरको व्यवस्था गरिने छ । विद्यार्थीहरुले सेनेटाइजर भने आफैले बोक्नुपर्नेछ ।

परीक्षा केन्द्रसम्म पुग्नका लागि राज्यहरुले विशेष बसको व्यवस्था गर्न सक्ने समेत गृहमन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  भारतमा एकै दिन ६ हजार बढीमा कोरोना संक्रमण, कुन देशको अवस्था कस्तो? (सूचीसहित)

कोरोना भाइरसका कारण मार्चमा आयोजना हुनुपर्ने सबै परीक्षा स्थगित गरिएको थियो । कैयन राज्यले बोर्डको परीक्षा बन्द गरिएपछि यसबाट लाखौं विद्यार्थी प्रभावित बनेका थिए ।

कमेन्ट गर्नुहोस्