कोरोनामा भारतले फेरि तोड्यो आफ्नै रेकर्ड

एजेन्सीः भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ५४७ जना संक्रमित भेटिएका हुन् । २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएपछि कोरोनामा भारतले फेरि रेकर्ड तोडेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख १२ हजार २८ पुगेको छ ।

याे पनि पढ्नुस  भारतकाे तेलंगानामा लकडाउनको अवधि थप

त्यसैगरी भारतमा विगत २४ घण्टामा १३२ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ४३४ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोना भाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४५ हजार ४२२ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६३ हजार जना उपचारका क्रममा रहेका छन् ।

याे पनि पढ्नुस  काठमाडौंमा फेरि भेटिए कोरोना संक्रमित

कहाँ कति संक्रमित र मृतक ?

कमेन्ट गर्नुहोस्