ललितपुर महानगरमा लकडाउन केही खुकुलो

ललितपुरः ललितपुरमा लकडाउन खुकुलो पारिएको छ । लकडाउन खुकुलो पारिएसँगै ललितपुर महानगरभित्रका अत्यावश्यक पसलहरू बिहानदेखि साँझसम्म खोल्न पाइने भएको छ ।

महानगरपालिकाको संयोजनमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, विग स्टोर संचालक तथा सुरक्षा निकायका पदाधिकारीबीच बसेको बैठकले बिहानदेखि साँझसम्म पसल खोल्न दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  बिहानै थप दुईजनामा देखियो कोरोना

महानगरले २९ वटै वडाका ठूला खाद्य स्टोर, किराना पसल, फलफूल तथा तरकारी, औषधिजस्ता अतिआवश्यक पसलहरू खोल्न दिने भएको हो । ठूला स्टोरहरू बिहान १० बजेदेखि साँझ ७ बजेसम्म र साना पसलहरू बिहान ७ बजेदेखि बेलुका ७ बजे सम्म खुल्ला राख्न अनुमति दिइएको हो ।

याे पनि पढ्नुस  ‘लकडाउन’मा हिँड्न आमाको मृत्यु भएको भन्दै पास लिएपछि...

तर, सामाजिक दूरी तथा सुरक्षा सतर्कता अपनाउनु पर्नेछ ।

कमेन्ट गर्नुहोस्