कोरोना संक्रमित संख्यामा तोडियो अहिलेसम्मको रेकर्ड

काठमाडौंः बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वका १ लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  भारतमा नेपाली कोरोना संक्रमित अस्पतालबाट फरार

बिहीबार बिहान ९ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५० लाख ८५ हजार ६६६ पुगेको छ । जसमध्ये ३ लाख २९ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ भने २० लाख २१ हजार ९ सय २१ जना भने निको भएका छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट बच्न यस्तो छ प्रदेश नम्बर १ को तयारी

डब्लूएचओले विश्वमा कोरोना भाइरसको संक्रमण झनझन् बढेको भन्दै यो महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको बताएको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी अन्त्य हुन निकै समय लाग्ने देखिएको बताए ।

‘पछिल्लो २४ घण्टामा डब्लूएचओलाई प्राप्त तथ्यांकअनुासर विश्वमा १ लाख ६ हजार नयाँ केस थपिएका छन्, यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ बुधबारको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने, ‘झण्डै दुईतिहाइ केस त मात्रै चार देशका हुन् ।’

कमेन्ट गर्नुहोस्