सि जिनपिङ र मोदीसँग प्रचण्डको त्यो भेट

चीनवादी या भारतवादी हुनभन्दा नेपालवादी हुन त्रिदेशीय समझदारी आवश्यक भएको प्रचण्डको बुझाई

काठमाडौंः करिब साढे ३ बर्ष अघि एउटा तस्वीर निकै चर्चित बन्यो । उक्त तस्वीरमा नेपालका तत्कालिन प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सँगै बसेर कुराकानी गरिरहेका थिए ।

उक्त तस्वीर भारतको गोवाको थियो । तस्वीर लिने व्यक्ति भने अहिले हामीहरुमाझ हुनुहुन्न ।

ब्रिक्स सदस्य देशहरूको दुईदिने आठौं शिखर सम्मेलनमा नेपालो प्रतिनिधित्व गर्दै तत्कालिन प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका थिए ।

क्षेत्रीय संगठन ब्रिक्समा विश्वका पाँच उदीयमान अर्थतन्त्र भएका मुलुक ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका सदस्य भएपनि बिमस्टेक सदस्यको हैसियतमा नेपाललाई समेत निमन्त्रणा दिइएको थियो ।

सम्मेलन चलिरहेको बेला दोश्रो दिनको कार्यक्रमको समाप्तीपछि सबै अतिथीहरु आफ्नो कोठामा जाँदै थिए । संयोगवश प्रतिक्षा गर्ने क्रममा नेपाल, भारत र

चीनका कार्यकारी प्रमुखहरु एउटै कोठामा भेट हुन पुगे ।

यो भेट अघि प्रचण्डले चीनियाँ राष्ट्रपति सि जिन पिङसँग २० मिनेट एकल वार्ता गरेका थिए ।

“लौ संयोगले सबै छिमेकी मित्रहरु भेट भयौं ।” प्रचण्डले यो ऐतिहासिक अवसरको उपयोग गर्न खोज्दै भने,

प्रचण्डकै शब्दमा, भारत र चीनबीच अविश्वास चुलिएको र नेपालका लागि दुबै छिमेकीसँग लामो समयदेखि अनिश्चयको स्म्बन्ध विकास भइरहेको बेृला यो अवसर निकै महत्वपूर्ण थियो । कतिपय कुराकानी औपचारिक छलफलको क्रममा भन्दा पनि यसप्रकारका अनौपचारिक छलफलमा झनै महत्वपूर्ण हुने प्रचण्डको विश्वास थियो ।

त्यसपछि उनीहरुबीच निर्धक्कसँग कुराकानी भयो ।

नेपाल, भारत र चीनको ऐतिहासिक सांस्कृतिक इतिहासको कुराबाट माहौल बनाए प्रचण्डले । मोदीको गुजरात, सिजिनपिङको शियान र नेपालबीच लामो कुराकानी भयो । संयोग के भने चिनियाँ राष्ट्रपति जन्मेको प्रान्त चीनको चीनमा बुद्धधर्मको प्रसारको पहिलो बिन्दु मानिन्छ । यता गुजरातको देव्नीामोरी क्षेत्र पनि सोही समयमा बुद्ध धर्मको मुख्य केन्द्र थियो । नेपालमा त बुद्धको जन्म नै भएको थियो । प्रचण्डले सुत्राधारको भूमिका खेलेपछि मोदीले चीनियाँ राष्ट्रपति पिङको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताएका थिए ।

याे पनि पढ्नुस  सबै प्रदेशमा नेकपाको भेला र बैठकः ओली र प्रचण्डले सम्बोधन गर्ने, प्रदेशअनुसार तोकिए प्रमुख व्यक्ति

त्यो अवसरमा तीनवटै नेताबीच बुद्ध धर्मको प्रसार, त्यसबाट नेपाल, भारत र चीनबीच विकास भएका व्यापार र सांस्कृतिक सामिप्यताबारे खेलेरै कुराकानी भयो । तीनवटै देशको सांस्कृतिक धरातल एउटै रहेको, सामाजिक जीवन र मानवीय पक्ष समान भएको त्यहाँ चर्चा भयो । प्रचण्डले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताए ।
प्रचण्डले उक्त भेटका बारेमा धेरै प्रसंगमा चर्चा गरेका छन् । “हामीबीच एक प्रकारको आत्मीयता विकास भइसकेको थियो । इतिहासको धरातलमा हामी वर्तमानको कुरा गर्न थाल्यौं ।”

र, त्यसपछि प्रचण्डले विश्व राजनीतिक परिदृश्यको कुरा उप्काउँदै शक्तिशाली एशिया निर्माण गर्न यही ऐतिहासिक धरातलले मुख्य बल दिनसक्ने कुरा गरे । एशियालाई यो शताब्दीको राजनीतिक आर्थिक शक्ति केन्द्र बनाउन सकिने उनको भनाई थियो । सँगसँगै उनले कुरा उठाए– हामी तीनवटै देशबीच आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास र परस्पर कनेक्टिभिटीका लागि रणनीतिक समझदारी ग र्नु जरुरी छ । एकले अर्कोलाई निषेध गरेर हामी शक्तिशाली एशियाको लक्ष्य भेट्ट्याउन सक्दैनौं ।

“नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ’, प्रधानमन्त्री प्रचण्डले त्यसबारेमा केही सार्वजनिक कार्यक्रममा भनेका छन, “हामी बिशाल छिमेकी भारत र चीनको बीचमा छौं । हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीबारे विषय महत्व दिएर कुरा राखें । भारतका प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो ।’

याे पनि पढ्नुस  चिनियाँ कम्युनिष्ट पार्टीबाट सिक्नुपर्ने कुरा अनुशासन– अध्यक्ष प्रचण्ड

प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको उक्त अवसरमा बताएका थिए ।

भेटका अवसरमा चीनियाँ राष्ट्रपति पिङले समेत सहअस्तित्वको कुरा गर्दै देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताए । पिङले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको मुद्धा महत्वपूर्ण रहेको र त्यसमा चीन सकारात्मक रहेको बताएका थिए ।

र, यही बिन्दुबाट नेपालले चीन र भारतसँग समानस्तरमा सम्बन्ध विकास गर्न खोजेको अन्तर्राष्ट्रिय सन्देश बाहिर गएको थियो । चिनियाँ राष्ट्रपति सि जिन पिङले खुलेरै यसको पुष्टि समेत गरे । उनले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गरेको सार्वजनिक भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र सो अवसरमा मोदीले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको बताए ।

प्रचण्डले राखेको रणनीतिक साझेदारीको प्रस्ताव नेपालको अस्थिर राजनीतिका कारण निरन्तरता भने पाउन सकेन । प्रचण्डका अगाडि निर्वाचन गराउनु पर्ने ठूलो दायित्व थियो । संविधान कार्यान्वयन गराउन निर्वाचन पहिलो शर्त थियो ।

नेपाल, भारत र चीनबीच समानस्तरका शक्ति सन्तुलनका पक्षमा प्रचण्डले दोश्रो प्रधानमन्त्रीकालमा मात्रै नभएर पहिलो पटक प्रधानमन्त्री हुँदा नै स्पष्ट सन्देश भारतलाई दिएका थिए । उनले प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतमा गर्नुपर्ने परम्परा तोड्दै चीनको भ्रमण गरेका थिए । साथै उनले भारतसँग पनि सम्बन्धलाई समानस्तरमा विकास गर्नुपर्ने धारणा राख्दै आए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति जानकारी लिन प्रचण्ड टिचिङमा

सशस्त्र युद्धको समयमा भारत र राजतन्त्रसँग समानस्तरमा अन्तरविरोध रहेको कार्यदिशा तत्कालिन नेकपा माओवादीको थियो । १२ बुँदे सम्झौतामा दिल्लीको भूमिका रहेको भएपनि प्रचण्डले नेपाललाई भारतसँग मात्रै निर्भर रहनुहुन्न भन्ने कुरामा भने जोड दिंदै आएको पाइन्छ । त्यसैले भारतमा प्रचण्डलाई चीन पक्षीय भनेर समेत प्रचार गरिन्छ । तर प्रचण्ड भने आफू कुनै पक्षीय नभई नेपालवादी भएको बताउँछन् । अन्ध राष्ट्रवाद र राष्ट्रवाद विरोधी दुबै पक्ष गलत भएको उनले बताएका छन् ।

चीन र भारत दुई उदीयमान अर्थतन्त्र भएकोले दुबैसँग समानस्तरमा सम्बन्ध विस्तार गर्नुपर्ने अडान उनले राख्दै आएका छन् । केह िदिन अघि मात्रै नेपालले लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गर्न ढिलाई हुँदा उनले संसदीय समितिमा समेत भारतसँग यो विषयमा गम्भीर भएर कुरा राख्नुपर्ने र भारतले नमानेको खण्डमा अन्तर्राष्ट्रिय मञ्चमा यो विषय लैजानुपर्ने धारणा राखेका थिए ।

नेपालले एक इन्च भूमि कसैको लिन नहुने र नेपालले पनि कसैको भूमि लिन नहुने तर राजनीतिक, आर्थिक तथा सांस्कृतिकरुपमा भारत, चीन र नेपालबीच ऐतिहासिक नयाँ समझदारीका आधारमा अघि बढन सके मात्रै नेपालको समृद्धि रहेको उनले बताएका थिए ।

नेपाल, भारत र चीनबीच एकअर्कालाई निषेध गरेर या युद्दले जितेर जान सक्ने अवस्था नभएको र तीनवटै देशले एकअर्काको अस्तित्व समानस्तरमा स्वीकार गरेर जान सके एशियालाई समृद्धिको नयाँ केन्द्र बनाउन सकिने कुरा प्रचण्ड अहिले पनि बताउँछन् । नयाँ संविधानपछि मधेशमा विकसित जटिल राजनीतिक परिस्थितिमा देशनै टुक्रिने अवस्थाबाट रोक्दै सबैलाई विश्वासमा लिएर निर्वाचन सम्पन्न गर्न सक्नु र अधिकारसहितको संघीयता कार्यान्वयन गरेर दुई छिमेकी देशबीच सन्तुलित सम्बन्ध कायम राख्न उनले खेलेको भूमिका महत्वपूर्ण देखिन्छ ।

 

कमेन्ट गर्नुहोस्