मनिषा एक प्रतिभाशाली र शक्तिशाली महिला हुन्ः इन्दिरा जोशी

काठमाडौंः नायिका मनिषा कोइरालाले गरेको एक ट्विटलाई लिएर भारतीय सञ्चारमाध्यम गाली गलौजमा उत्रिएपछि नेपालीकलाकर्मीले कोइरालालाई साथ दिएका छन् ।

नेपाली चेली मनिषाले बलिउडमा ९० को दशकमा हंगामा मच्चाएकी थिइन् । उनै, मनिषाले बलिउडमा काम गरेर विश्वभर आफ्नो नाम चम्काइन् । तर, अहिले भारतीय मिडियाले उनलाई भारतको विरोधमा चीनको इशारामा बोलेको भन्दै तल्लो स्तरको गाली गरिरहेका छन् ।

याे पनि पढ्नुस  संजय दत्त र मनिषा कोइराला फेरि एकसाथ काम गर्दै

मनिषाको समर्थन गर्दै गायिका इन्दिरा जोशी लेख्छिन्, ‘आफ्नो अद्भुत अभियन क्षमताका कारण उनले बलिउडमा थुप्रै योगदान दिएकी छिन् । कैयौ हिट चलचित्र दिएकी छिन् । कर पनि तिरेकी छिन् । यो व्यक्तिगत कुरा होइन, सेवाको आदन-प्रदानको कुरा हो ।’

इन्दिराले मनिषालाई एक शक्तिशाली र प्रतिभाशाली महिलाको रुपमा चित्रित गरेकी छिन् । इन्दिरा अगाडि लेख्छिन्, ‘क्यान्सरसँग लडेकी एक बहादुर महिला धेरैका लागि उदाहरण हुन् । सत्यको पक्षमा उनी उभिएकी छिन् ।’

कमेन्ट गर्नुहोस्