प्रधानमन्त्री मोदीद्वारा पूर्वप्रम गान्धीलाई श्रद्धाञ्जली

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जली दिएका छन् ।

आज राजिव गान्धीको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीलाई आफ्नो ट्वीटर अकाउन्टमार्फत् श्रद्धाञ्जली दिएका हुन् ।

उनले ट्वीटरमा लेख्नुभएको छ, ‘आज स्वर्गीय राजिव गान्धीको स्मृति दिवसका अवसरमा म भारतका पूर्वप्रधानमन्त्री राजिव गान्धीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ ४० वर्षमा प्रधानमन्त्री बनेका राजिव गान्धी भारतका सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुन् ।

याे पनि पढ्नुस  अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

उनकी आमा तथा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९८४ मा भएको हत्यापछि राजिव गान्धी भारतको प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री राजिव गान्धीको पनि हत्या भएको थियो ।

सन् १९९१ मे २१ मा भारतमा आमनिर्वाचनको अभियानका क्रममा भारतको तमिलनाडु राज्यमा लिबरेसन टाइगर्स् अफ तमिल इलम (एलटिटिइ) ले आत्मघाती बम हमला गरी उनको हत्या गरिएको थियो ।

कमेन्ट गर्नुहोस्