बिपी र क्यान्सरको कुरा गर्दै मनिषा कोइरालालाई पूर्व विदेशमन्त्री सुष्मा स्वराजका श्रीमानले लेखे भावुक सन्देश

नयाँदिल्लीः भारत र नेपाल सम्बन्धमाथि मनिषा कोइरालाले गरेको ट्विटले भारतभरी चर्चा चुलिएको छ ।

कतिपयले मनिषा कोइरालाले भारत र नेपालका बीचमा चीनलाई भित्र्याएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालमा भने मनिषा कोइरालाको उच्च प्रशंसा भइरहेको छ ।

यसैबीच भारतकी पूर्व विदेशमन्त्री दिवंग सुष्मा स्वराजका श्रमिान स्वराज कौशलले मनिषाको ट्विटमाथि कैयन ट्विट गर्दै टिप्पणी गरेका छन् ।

यस्ता छन् उनले गरेका ट्विटहरु

म तिमीसँग बहस गर्न सक्दिनँ मेरी छोरी मनिषा कोइराला । मैले सधैं तिमीलाई छोरी मानेको छ । तिमीलाई हामीलाई १९४२ अ लभ स्टोरीको प्रिमियरमा आमन्त्रित गर्दा म पुरै फिल्म हेर्न बस्न सकिनँ तर सुष्माले पुरै फिल्म हेरिन । त्यो बेला बाँसुरी तिम्रो काखमा बसेकी थिइन् । यो मात्र २७ वर्ष अधिको कुरा हो ।

१९७७ र त्यसपछि तिमी साउ एक्समा बस्न थालेकी थियौं । तिमी साकेतको एपीजे स्कूलमा पढ्थ्यौ । तिम्रा बुवा प्रकाश कोइराला मेरा दाजु जस्तै थिए र तपाईका आमा सुष्मा कोइराला मेरो भाउजु र साथी हुनुहुन्थ्यो । हामीले कैयन कठीन परिस्थिति पनि देखेका छौं ।

जुन दिन एम्समा तिम्रा हजुबुवा बीपि कोइरालालाई क्यान्सर हुने कुरा थाहा भयो, म उनीसँगै थिएँ । मलाई थाहा छ, विपीले मलाई भनेका थिए, “यो क्यान्सरको एडभान्स स्टेज हो र मसँग बाँच्नका लागि ६ महिना मात्रै छन् ।” त्यतिबेला म दुखी थिए तर उनको मुहारमा भने निराशाको कुनै चिन्ह थिएन ।

म तिम्रो परिवारको गौरवशाली परम्परासँग परिचित छु । तिम्रा हजुरवुवा विपी कोइराला र उनका दुबै भाई अर्थात् सबै तीन भाई नेपालका प्रधानमन्त्री बने । तपाईकी फुफु शैलजा आचार्य नेपालको उप प्रधानमन्त्री हुनुहुन्थ्यो ।

तपाईको परिवारले के कति संघर्ष गरे भन्ने कुरामा पनि म जानकार छु । तपाईका हजुरवुवा विपी कोइराला १८ वर्षसम्म जेलमा थिए । हिन्दु राष्ट्र नेपालमा एकजना ब्राम्हणलाई फाँसी दिइदैनथ्यो । त्यसैले तपाईका बुवाको ज्यान जोगियो ।

अब म तपाईका बुवा प्रकाश कोइरालाका बारेमा बताउन चाहन्छु । उनी नेपाली कांग्रेसको संघर्षमा सँगै थिए । म सबैका बारेमा सोच्छु । जेपी, लोहिया, चन्द्रशेखर जी, जर्ज फर्नान्डिस, साल १९७३ मा म पनि कैयन हप्ताका लागि नेपाल थिए र महलभित्र आँगनसम्म पुगेका थिए ।

हामी लोकतन्त्रको संघर्षमा तपाईहरुसँगै थियौं । त्यहाँ भारत या भारतीयहरु जस्तो केही पनि थिएन । एकपटक तपाईको राजासित सम्झौता भयो, हामीलाई केही चाहिएको थिएन । तर जब एकजना सांसदको रुपमा तपाईको विचारको बारेमा थाहा हुँदा म दुखी भए तर हामीले सोच्यौं, त्यो नेपाली राजनीतिको अनिवार्यता थियो ।

भारतीयहरुलाई थाहा हुनु जरुरी छ कि त्यो समयमा संसारको एकमात्र हिन्दु राष्ट्रलाई समाप्त पार्ने षडयन्त्र चलिरहेको थियो । षडयन्त्र गर्नेहरु माओवादीसँग मिलेका थिए । उनीहरुले एकमात्र हिन्दू राष्ट्रलाई समाप्त गरे । उनीहरुको मिशन पुरा भइसकेको थियो ।

यसको परिणाम के भयो भने कम्युनिष्टहरुले चीनलाई भारतविरुद्ध प्रयोग गर्न शुरु गरे । या यस्तो भन्न सकिएला, चीनले कम्युनिष्टहरुलाई भारतविरुद्ध प्रयोग गर्न शुरु गर्यो । परिणामस्वरुप पारम्परिकरुपमा हिमालयसम्म जाने भारत चीन सीमा अब बीरगञ्जसम्म छ ।

भारतको नेपालसँग गुनासो हुनसक्छ या नेपालको भारतसँग गम्भीर मुद्दा हुन सक्छन् । यो नेपाल र भारतको बीचको कुरा हो । तर तपाई चीनलाई कसरी बीचमा ल्याउन सक्नुहुन्छ ? यो हाम्रो लागि गलत छ । र, यो नेपालका लागि पनि राम्रो होइन ।

जब तपाई चीनलाई बीचमा ल्याउनुहुन्छ, तपाई हामीसँग हजारौं वर्ष पुराना नाता समाप्त गर्दै हुनुहुन्छ । तपाई हाम्रो पारस्परिक विरासतलाई समाप्त गर्दै हुनुहुन्छ । र, सबैभन्दा जरुरी कुरा, एउटा सम्प्रभु देशका रुपमा तपाई आफ्नो देशको स्थितिलाई पनि तल खसाल्दै हुनुहुन्छ ।

यसअघि मनिषा कोइरालाले नेपालका विदेश मन्त्री प्रदिप ज्ञवालीको एउटा ट्विटलाई रिट्विट गरेकी थिइन ।

त्यसपछि कोइरालाले नेपालका पूर्व राजा ज्ञानेन्द्रको ट्विटलाई पनि रिट्वीट गरेकी थिइन ।

कमेन्ट गर्नुहोस्