यूएईः कतारमा १ नेपालीलाई मृत्युदण्ड दिइएको छ । महोत्तरीको औराही–१ का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो ।
चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाइएको थियो । तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो ।
उनले नुयमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए। चौधरीलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ।
नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ । कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिएको बताइएको छ ।
कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो पहिलो हो । चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए ।