युएईमा नेपाली समाज सहितको संयुक्त राहत विरतण समितिद्वारा हालसम्म ११ लाख बराबरको सहयोग

युएई । नेपाली समाज सहितको कोभिड-१९ सुचना संकलन तथा राहत बितरण समितिले युुुएईमा हालसम्म ११ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ।

कोरोना भाइरसको महामारी सुरु भएसंगै गत अप्रिल १४ मा गठन भएको (कोभिड-१९ )सुचना संकलन तथा राहत बितरण समितिले हालसम्म युएईका सात वटै राज्यमा झन्डै १ हजार ९ सय नेपाली लाई खाद्यान्न सहयोग गरेको नेपाली समाज युएईका महासचिव वेद प्रसाद अर्यालले जानकारी दिएका छन् ।

नेपाली समाज सहित जनजाति महासंघ,नेपाल पत्रकार महासंघ युएई शाखा,विभिन्न बैचारिक र युएईमा रहेका जिल्लागत तथा राजनीतिक दलका भातृसंगठन सहितका ४४ वटा भन्दा धेरै संघसस्थाको संयुक्त पहलमा सुरु गरिएको राहत वितरण कार्यक्रम बाट (कोभिड १९) का कारण रोजगारी गुमाएर बेखर्ची भएका ,भिजिट भिषामा आएर अलपत्र परेका ,बेतलबी बिदामा बसेका र बिरामी भै काम गर्न नसकेका नेपालीहरुले लाभ लिएको अर्यालले बताए ।

युएई स्थित नेपाली दूतावास संरक्षक रहेको संयुक्त राहत वितरण समितिले युएईमा अलपत्र परेका नेपालीहरुको समस्या लाई वर्गीकरण गरि तथ्यांक संकलन सुरु गरेको र प्राथमिकताका आधार नेपाल पठाउने तयारी रहेकोे अर्यालले एभरेस्ट दैनिकलाई बताए ।

कोरोनाको महामारी संगै धेरै नेपालीहरु विभिन्न कारणले अलपत्रमा परेका र केहि लाई तत्काल नेपाल नपठाइ नहुने अबस्थामा रहेको हुँदा उनिहरुको उद्दारको लागि समितिले निरन्तर दूतावासलाई ध्यानाकर्षण गराएको अर्यालको भनाइ छ।

कमेन्ट गर्नुहोस्