थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५४ पुग्यो

दाङः नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुने नयाँ संक्रमितमा दाङका ३७ वर्षीय पुरुष रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका–३ का ३७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानकी उपकुलपति प्रा्डा् संगीता भण्डारीले जानकारी दिइन् ।

याे पनि पढ्नुस  चीनसँग रिसाए ट्रम्प, भने, ‘हामी खुसी छैनौं’

जेठ ५ गते भारतबाट आएका उनी घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा थिए । उनीसहित आएका ५ जनामध्ये १ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उनी घर परिवारसँग घुलमिल हुन नपाएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोनाको संक्रमण रोक्न श्रीलंकाको दुई ठाउँमा कर्फ्यू

कमेन्ट गर्नुहोस्