भीमदत्तमा नगरपालिकामा मेयर टोलटोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सुरू

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) लाई मध्यजनर गरी मेयर टोल टोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिकाका सबै वडामा सञ्चालन हुने कार्यक्रम वडा नं. २ बाट सुरू गरिएको छ ।

कोरोना सम्बन्धि परामर्श, स्क्रिनिङ्ग र दीर्घ रोगीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको छ । सबै वडाका तीन तीन स्थानमा सञ्चालन गरिने कार्यक्रम सामाजिक दुरी कायम गरी सञ्चालन गरिएको आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाका फार्मेसी सहायक जीवन साउँदले बताए ।

याे पनि पढ्नुस  अफवाह फैलाउने अधिकारकर्मी चन्दलाई कारवाहीको माग

‘हाल महामारीको रुपमा रहेको कोरोना रोग सम्बन्धी परामर्श र स्क्रिनिङ का साथै दीर्घ रोगीहरूलाई लक्षित गरी सबै वडामा सञ्चालन गर्ने लक्ष्य सहित मेयर टोल टोल आधारभूत स्वास्थ्य कार्यक्रम सुरू गरिएको छ’ फार्मेसी सहायक साउँदले भने ।

कार्यक्रमको पहिलो दिन वडा नं. २ का तीन सय ६३ वासिन्दालाई सेवा प्रदान गरिएको छ । वडाका तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा स्वास्थ्य जाँचपछि औषधि पनि वितरण गरिएको छ । बिहीबार भीनपा १ मा कार्यक्रम सञ्चालन गरिएको छ ।

याे पनि पढ्नुस  स्थानीय सभाः सवाल छान्दै समाधान

वडा नं. १ मा २ सय २४ जनालाई सेवा प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाले गत वासिन्दाको स्वास्थ्यमा पहुँच पुगाउन गत वर्ष स्थापना दिवसको अवसर पारी मेयर स्वास्थ्य शिविर कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

कोरोना भाइरस महामारीपछि नगरपालिकाले नगर क्षेत्रका दीर्घरोगी, अशक्त, ज्येष्ठ नागरिक र सुत्केरी महिलालाई सेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

कमेन्ट गर्नुहोस्