कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड

काठमाडौंः विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघेको छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ६२१ पुगेको छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या भने ५२ लाखनजिक पुगेको छ । अहिलेसम्म ५१ लाख ९४ हजार २१० पुगेको छ । कुल सङ्क्रमितमध्ये २० लाख ८० हजार ९६६ उपचारपछि घर फर्किएका छन् । यो निको हुनेको संख्या ज्यान गुमाउनेको भन्दा ६ गुणा बढी हो ।

याे पनि पढ्नुस  कनिका कपूरको पाँचौ रिपोर्ट पनि ‘पोजेटिभ’

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १ लाख ७ हजार ८५ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने ४ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहानसम्म विश्वभर कोरोना संक्रमित हुनेको संख्या ५० लाख ९० हजार ६१ थियो भने मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७३२ थियो ।

याे पनि पढ्नुस  रुपन्देहीको सीमावर्ती भारतीय क्षेत्रमा ६ जनालाई कोरोना संक्रमण

विश्वव्यापी कोरोना भाइरस महामारीको संटक विश्वभर घट्नुको सट्टा झनझन बढ्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै धेरै नयाँ संक्रमित थपिएका छन् ।

बुधबार २४ घण्टामा विश्वका १ लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको थियो । बुधबारको रेकर्ड बिहीबार तोकिएको छ नयाँ रेकर्ड कायम भएको छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

कमेन्ट गर्नुहोस्