बैंक स्टाफ तथा ग्राहकलाई सुरक्षित बनाऔं

हिजो म काम विशेषले बैंक गएको थिएँ । हप्तामा १/२ दिन सीमित शाखा सीमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो । च्यानल गेटभित्र उभिएर पालोअनुसार बोलाउने गार्ड र ग्राहकबीच १ फिटको पनि दूरी थिएन ।

कुनै स्टाफले माथिबाट मुख हेर्न मिल्ने गरि मास्क लगाएका थिए । कुनै स्टाफले नाकको तल तथा घाँटीमा मास्क लगाएका थिए । ग्राहकसँग कुरा गर्दा आधा फिटको दूरी पनि देखिएन । ग्राहक तथा स्टाफले प्रयोग गर्ने टेबुल १ फिटको थियो होला ।

दुवै पक्षले मास्कभित्रबाट बोल्नुपर्दा आवाज सुन्न टाउको जोड्नुपर्ने बाध्यता देखिन्थ्यो । उही टेबल, उही डटपेन, उही चेकबुक, उही रजिस्टर प्रयोग सबैले गरिरहेका थिए । कोरोना संक्रमणको त्यो जोखिम हटाउन बैंकहरुले बिशेष व्यवस्था गर्नुपर्ने देखिन्छ ।

याे पनि पढ्नुस  जहाँ लकडाउन हुनुपर्ने हो त्यहाँ भएको छैनः डा. रवीन्द्र पाण्डे

– हरेक स्टाफको पीसीआर टेस्ट गर्ने । संक्रमित देखिए आइसोलेसनमा राख्ने ।

– कोरोना संक्रमण भएका ग्राहक पनि बैंकमा आउँछन् । तसर्थ सहि तरिकाले मास्क, पंजा, चस्मा र हेड क्याप लगाउने ।

– लाइन ब्यबस्थापनको लागि ६ फिटमा चिन्ह लगाउने ।

– ग्राहकसँग ६ फिटको दुरी राख्ने व्यवस्था मिलाउने ।

याे पनि पढ्नुस  बैंक र बिमाको एउटै नियामक

– डटपेन, खानेपानीको बोतल लगायतका सामग्री सेयर नगर्ने।

– छुट्टाछुट्टै टेबल (स्टाफ र ग्राहकको) को व्यवस्था गर्ने ।

– स्टाफले साबुनपानीले पटकपटक हात धुने ।

– ग्राहकले सहि तरिकाले मास्क लगाउने, बाहिर र भित्र २ ठाउँमै अनिबार्य ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुपर्ने, मोबाइल फोन, कि रिंग, पर्स आदि टेबुलमा राख्न नपाइने व्यवस्था गर्ने ।

– च्यानल गेट ग्राहकले छुन नपाउने । गार्डले स्प्रिट-कपासले सफा गर्दै ग्राहकलाई भित्र / बाहिर जाने व्यवस्था मिलाउने ।

– धेरैबटा काउन्टर खोलेर ग्राहकको समय बचत गराउने ।

याे पनि पढ्नुस  लकडाउनको मोडेल फेर्ने कि ?

– कागजका झोलामा पैसा लिने/दिने व्यवस्था मिलाउने ।

– ड्युटी सकिएपछि बैंकमा लगाएका आउटर खोलेर, साबुनपानीले मिचिमिची हात धोएर मात्र घर फर्किने ।

बैंक स्टाफ र ग्राहक कोरोना संक्रमणबाट बच्ने सबैभन्दा अचुक उपाय व्यक्तिगत दुरी हो । हरेक बैंकले । ६ फिटको दुरी कायम गर्ने ब्यबस्था मिलाउनु अनिबार्य छ । हामीले १/२ बर्षसम्म सामाजिक दुरी कायम गर्नुपर्ने हुनसक्छ । तसर्थ माथि उल्लेखित ब्यबस्था र अभ्यास गर्नुको बिकल्प छैन ।

कमेन्ट गर्नुहोस्