घरभित्रबाट ७ दिनमा १२३ कोबरा सर्प निस्केपछि…

काठमाडौंः भारतको मध्यप्रदेशको भिन्ड जिल्लामा १ जना व्यक्ति मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् ।

घरभित्रबाट लगातार कोबरा सर्प निस्किन थालेपछि उनी हैरान भएका हुन् ।

भिन्ड जिल्लाको चचाई गाउँमा जीवन सिंह कुशवाहको घरबाट केबरा प्रजातिका सर्प निस्केका हुन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसः भारतको कुन राज्यमा कति संक्रमित ?

नवभारत टाइम्सका अनुसार, गत १ सातादेखि नियमतिरुपमा उनको घरबाट सर्प निस्किन थालेका हुन् । अहिलेसम्म १२३ वटा सर्प पक्रिसकेका छन् । सर्प पक्रिने मानिसहरू अहिले घरमा भरिएका छन् ।

परिवारले भिडियोमार्फत सहयोगको याचना समेत गरेका छन् । तर, प्रशासनबाट अहिलेसम्म सहयोग गर्न कोही नगएको समाचारमा छ । सर्पको डरले १ हप्तादेखि सुत्न नसकेको उनी बताउँछन् ।

याे पनि पढ्नुस  भारतले भन्यो– नेपालको नयाँ नक्सा स्वीकार गर्न सकिन्न

घरमा एकपछि अर्को सर्प निस्किन थालेपछि परिवारले घरबाहिर अर्कै ठाउँमा डेरा गरेका छन् ।

जीवन भने आफ्ना भाइसँग मिलेर सर्प पक्रिने गरेका छन् । घरबाट निस्किरहेका सर्प निकै विषालु भएको जीवनले बताए । कुन बेला कताबाट सर्प देखिने हो भन्ने त्रास हुने गरेको उनको भनाई छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, सबै नीजि अस्पताल खुला राख्न निर्देशन

एकै ठाउँबाट यसरी किन सर्प निस्किरहेका छन् भन्ने बारेमा केही भन्न सकिएको छैन ।

कमेन्ट गर्नुहोस्