कोरोना संक्रमणबाट आमा गुमाएमा शिशु अस्पतालबाट डिस्चार्ज

काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट आमा गुमाएका १६ दिनका शिशुलाई डिस्चार्ज गरिएको छ ।

धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका शिशुलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

दोस्रो पीसीआर रिपोर्ट पनि नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

याे पनि पढ्नुस  ६०८ संक्रमित थपिँदा ८९२ जना निको भए, ९ को मृत्यु

उनका अनुसार ति शिशुको पहिलो पीसीआर रिपोर्ट पनि नेगेटिभ देखिएको थियो । तर, जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो । अहिले शिशुमा जन्डिस र बिबिरा पनि निको भइसकेकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  इपीएल लगायत खेलकुद प्रतियोगिता रोक्ने तयारी

शिशुलाई थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्न अस्पतालले सुझाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।

कमेन्ट गर्नुहोस्