भारतमा २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

काठमाडौंः भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

भारतीय सञ्चारमाध्यमअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख १८ हजार ४४७ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोना अपडेटः स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (LIVE)

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४८ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ५८३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्