कोरोनाबाट मृत्यु भएका शिक्षकको शव ३१ घण्टापछि सेनाले उठायो

बुटवलः कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका शिक्षकको शव नेपाली सेनाले ३१ घण्टापछि उठाएको छ ।

उपचारका क्रममा रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार मृत्यु भएका गुल्मी मदानेका उनको शव ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको हो ।

अस्पतालको आइसीयू कक्षमै पुगेर नेपाली सेनाको प्राविधिक टोलीले उनको शव र्‍यापिङ गरेर दाहसंस्कारका लागि लगेको हो । जेठ १ गतेदेखि अस्पतालको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचारर गराइरहेका ४१ वर्षका उनलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।

याे पनि पढ्नुस  सेनाले माग्यो १५० जना अधिकृत क्याडेट (सूचनासहित)

जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्