थप २० जनामा कोरोना संक्रमण पुष्टि, डडेल्धुरा, बैतडीमा पनि भेटिए संक्रमित

काठमाडौंः नेपालमा थप २० जनामा कोरोना पुष्टि भएको छ । आज सेती प्रादेशिक अस्पताल धनगढी र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितमा बाँकेका १४, कैलालीका ३, डडेल्धुरा, बैतडी र मोरङका १/१ जना रहेका छन् ।

याे पनि पढ्नुस  थप ४३ जना संक्रमित निको भए

पछिल्लो पटक संक्रममण पुष्टि भएका सबै पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । जसमध्ये ७० जना निको हुँदा ३ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्