४० जिल्लामा फैलियो कोरोना, कुन प्रदेशमा कति संक्रमित? (सूचीसहित)

काठमाडौंः नेपालका कोरोना संक्रमणबाट प्रभावित हुने जिल्लाको संख्या ४० पुगेको छ ।

आज पहिलो पटक बैतडी र डडेल्धुरामा कोरोना संक्रमित भेटिएसँगै प्रभावित जिल्लाकाे  संख्या ४० पुगेको हो ।

हालसम्म प्रदेश १ मा ८५, प्रदेश २ मा १५१, बागमतिमा २८,  प्रदेशमा ५ मा २२७, गण्डकीमा ५, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

याे पनि पढ्नुस  धादिङ अस्पतालका ८ कर्मचारीको आरडीटी पोजिटिभ

जसमध्ये ४ सय ३३ पुरुष र  ७४ महिला रहेका छन् । अहिलेसम्म संक्रमितमध्ये ७० जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्