पाकिस्तानमा ९० यात्रु बोकेको विमान दुर्घटना

इस्लामावादः पाकिस्तानमा ९० जना यात्रुसवार विमान दुर्घटना भएको छ ।

शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको हो ।

पिआइएका प्रवक्ता अब्दुल सत्तरले दुर्घटना भएको पुष्टि गरेका छन् । उक्त विमानमा आठ चालक दलसहित ९० यात्रु सवार थिए।

याे पनि पढ्नुस  पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४४ हजार पुग्यो

अहिले उद्धार गर्ने कार्य भइरहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।

इन्टर सर्भिसेस पब्लिक रिलेसनस् (आइएसपीआर) ले विज्ञप्ति जारी गर्दै उद्धार गर्न सेना तथा रेन्जरहरू खटाइसकिएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सम्पूर्ण अस्पतालमा आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्