नेपालमा थुनुवा पनि देखियो कोरोना संक्रमण

धनगढीः जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका १ युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शिवनाथ गाउँपालिका–१ का २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । उनले संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण माग गरिएको बताए । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तब्य ज्यानको मुद्धामा पक्राउ गरिएको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

याे पनि पढ्नुस  पाना बोहरा, जसले गोठमै जन्माइन् २३ सन्तान!

३ दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडी मार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार कोरोना पोजिटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्