पूर्व राज्यमन्त्री चौधरीको निधन

काठमाडौंः नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन सिंह थारु चौधरीको निधन भएको छ ।

आज बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा उनकाे निधन भएको हो ।

उनको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले आज श्रद्धान्जलि व्यक्त गरेका छन् । ‘स्वर्गीय चौधरीको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो’, देउवाले फेसबुकमा लेखेका छन्, ‘उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

याे पनि पढ्नुस  कोरोनाबाट ज्यान गुमाएकी महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले ५० हजार सहयोग गर्ने

सभापति देउवाले चौधरीको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका छन् ।

स्व. चौधरी २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए  । विसं २०५६ मा संसद्मा निर्वाचनपछि चौधरी स्थानीय विकास राज्यमन्त्री भएका थिए ।

याे पनि पढ्नुस  सीमा विवादका बारेमा परिणाममुखी पहल गर्न सरकार समर्थ हुने विश्वास छः नेपाली कांग्रेस

उनले विसं २०२८ मा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेको कांग्रेसले जनाएको छ । पार्टीका विभिन्न पदमा रहेर स्व चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका २ श्रीमती, तीन छोरा र एक छोरी हुन् ।

कमेन्ट गर्नुहोस्