दक्षिण सुडानका १० जना मन्त्रीलाई देखियो कोरोना

काठमाडौंः दक्षिण सुडानका १० जना मन्त्रीहरूलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

सूचना प्रसारण मन्त्री माइकल मकुईले बीबीसीलाई भनेका छन्, ‘ती सबै मन्त्रीहरू आ–आफ्नो क्षेत्रमा निरन्तर काम गरिरहेका थिए र कोरोना भाइरस महामारीको विरूद्ध लड्नका लागि निर्मित उच्चस्तरीय ‘टास्क फोर्स’ का सदस्य हुन् ।’

याे पनि पढ्नुस  १५ दिन कर्फ्यूजस्तै लकडाउन अनि मात्र खुकुलो गरौँ

तर, कुन–कुन मन्त्रीलाई कोरोना संक्रमण भयो भन्ने नखुलाइएको बीबीसी हिन्दीले जनाएको छ ।

दक्षिण सुडानमा कोरोना भाइरस संक्रमणको घटनाहरूमा तीव्र वृद्धि भइरहेको छ । यहाँ अहिलेसम्म ३ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाकोे मृत्यु भएको छ ।

याे पनि पढ्नुस  कर्णालीमा १ वर्षीय बालकसहित थप ८ जनामा कोरोना संक्रमण

दक्षिण सुडानमा डर छ कि महामारी फैलियो भने नतिजा एकदमै नराम्रो हुनेछ किनकि दशकौं चलिरहेको तनावका कारण देशका स्वास्थ्य सेवाहरू एकदम नराम्रो अवस्थामा छन् ।

कमेन्ट गर्नुहोस्