नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

काठमाडौंः नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सार्वजनिक भएको नेपालको नयाँ नक्सालाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशित गरेको हो ।

गत सोमबार मन्त्रिपरिषद्ले पारित गरेको नयाँ नक्सा बुधबार सार्वजनिक गरिएको थियो ।

याे पनि पढ्नुस  नेपालले पठाएको 'कूटनैतिक नोट'प्रति भारतको यस्तो प्रतिक्रिया

अब उक्त नयाँ सबै कार्यालय, दस्तावेज पाठ्यपुस्तक, कुटनीतिक नियोगलगायतमा प्रचलनमा आउनेछ ।

कमेन्ट गर्नुहोस्