मुम्बई तथा दिल्लीवाट नेपाल फर्किएकामा संक्रमण बढी

जनकपुरधामः भारतको मुम्बई तथा दिल्लीवाट नेपाल फर्किएका धेरै व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि यसको व्यवस्थापन गर्नमा प्रदेश नंं २ मा चुनौति थपिएको छ ।

आज मात्र सर्लाही जिल्लाको गोडैता नगरपालिकाको रामनगर बौहर्वामा १५ जना संक्रमित व्यक्ति फेला परेपछि संक्रमितहरुलाई राख्नका लागि समस्या उत्पन्न भएको छ । जिल्ला संकट व्यवस्थापन समिति सर्लाहीको बैठकले कोभिड अस्पताल जनकपुरधामको आइसोलेशनमा पठाउने निर्णय गरेको छ ।

जनकपुरधामको प्रादेशिक अस्पतालको कोभिड २ लेभलको अस्पतालमा क्रिटिकल अवस्थाका बिरामीलाई राख्नका लागि वेड सुरक्षित राख्ने नीतिमा प्रदेश नं. २ का स्वास्थ्य निर्देशनालय भएकाले सर्लाहीका संक्रमितलाई मलंगवामा कै आइसोलेशनमा राख्नका लागि समन्वय भइरहेको उप–निर्देशक विजय कुमार झाले जानकारी दिए ।

याे पनि पढ्नुस  रुस र ब्रिटेनलाई पछि पार्दै संसारकै दोस्रो प्रभावित देश बन्यो ब्राजिल

लक्षण नै देखा नपरेका संक्रमितहरुलाई जनकपुरधामको प्रादेशिक अस्पतालमा ल्याएर भर्ना गरिएको खण्डमा गम्भीर अवस्थाका कोरोना विरामीलाई कसरी उपचार गर्ने भन्दै जिल्लामा नै आइसोलेशन स्थापना गरेर उपचार गर्नका लागि आग्रह गरिएको थियो ।

तर सर्लाहीमा तयारी नभएकाले जनकपुरधाम नै ल्याउने काम भइरहेको छ । जनकपुरधाममा ५० वेडको आइसोलेशन रहेको छ । अहिले ९ जना कोरोना संक्रमित रहेका छन् ।

याे पनि पढ्नुस  गोदाममा थन्‍कियो ७५ हजार थान परीक्षण किट

शुक्रवार विहान मात्र उक्त नगरपालिकाको वडा नंं ८, ९, ११, १३ र १४ वौहर्वाका १ महिला सहित १५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ताले विज्ञप्ति जारी गर्दै जनाएका थिए ।

संक्रमित मध्ये १४ जना मुम्बई, १ जना दिल्लीवाट जेठ ४ गते देखि ७ गतेसम्म सर्लाही आएर गाउँकै क्वारेन्टाईनमा वसेका थिए । उनीहरु भारतको सवै भन्दा जोखिममा रहेको शहरवाट आएकाले चाडै पिसिआर परिक्षण गर्ने काम भएका थिए ।

याे पनि पढ्नुस  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (LIVE)

अहिले भारतमा रोजगारी तथा अध्ययनका लागि गएकाहरु रेल चलेपछि नेपालको औपचारिक मार्गवाट नेपाल आइरहेका छन् । उनीहरू उच्च जोखिममा रहेको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्