थप ६ जनामा देखियो कोरोना

काठमाडौः नेपालमा थप ६ जनामा कोरोना देखिएको छ । हेटौंडास्थित प्रदेश जनस्वाथ्य प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

योसँगै बारामा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

संक्रमित सबै बाराको सिम्रौनगढ नगरपालिकाका रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । संक्रमित सबैलाई कलैया अस्पताल लैजाने तयारी भइरहेको पण्डितले बताए ।

याे पनि पढ्नुस  चितवनमा रहेका ७५ जनाले भारत फर्कन नाम दर्ता गराए

उनीहरू सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका थिए । संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका–७ का ३४, ३८ र ४५ वर्ष र वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्