नेपालमा थप ९ जनामा देखियो कोरोना

काठमाडौंः नेपालमा थप ९ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले शुक्रबार साँझ विज्ञप्तीमार्फत कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । कोरोनाका कारण ३ जनाको मृत्यु हुँदा ७० जना निको भएका छन् ।

याे पनि पढ्नुस  पाकिस्तानमा पनि संक्रमितको संख्यामा तोडियो रेकर्ड

शुक्रबार बिहान ३० जनामा र दिउँसो २० जना कोरोना संक्रमित फेला परेका थिए । शुक्रबार मात्रै नेपालमा ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्