को हुन् शुक्रबार थपिएका ५९ कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । कोरोनाका कारण ३ जनाको मृत्यु हुँदा ७० जना निको भएका छन् ।

शुक्रबार मात्रै नेपालमा ५९ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहान ३०, दिउँसो २० र साँझ ९ जनामा कोरोना संक्रमत पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी पदिएका छन् ।

सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

बिहान थपिएका ३० संक्रमित

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा ३० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरू आठ वर्षदेखि ७३ वर्षसम्मा छन् ।

याे पनि पढ्नुस  महावीर पुनले कोरोनाको उपचार गर्ने चिकित्सकका लागि पीपीई बनाउने

संक्रमित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष, नवलपरासीको सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३, १८ का ३३, ३५ वर्षीय पुरुषहरू र १५ वर्षीय युवकी रहेकी छन् ।

चितवनमा पनि दुईजना संक्रमित फेला परेका छन् । उनीहरू भरतपुर महानगरपालिका–६ केसरबाघ, चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला हुन् ।ु

त्यस्तै, कपिलवस्तुको बाणगंगा नगरपालिका मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू र ८ वर्षीय बालिका छन् ।

सर्लाहीको गोडैता नगरपालिका–८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका–७ का २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीय युवती रहेकी छन् ।

याे पनि पढ्नुस  काेराेनाकाे उच्च जोखिममा काठमाडौं उपत्यका

सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरू स्वास्थ्यकर्मीको सम्र्पकमा रहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

दिउँसो थपिएका २० संक्रमित

दिउँसो सेती प्रादेशिक अस्पताल धनगढी र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितमा बाँकेका १४, कैलालीका ३, डडेल्धुरा, बैतडी र मोरङका १/१ जना रहेका छन् । संक्रममण पुष्टि भएका सबै पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  बझाङमा पनि एकजनामा आरडीटी पोजेटिभ

राति थपिएका ९ संक्रमित

शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, सप्तरीको बलान बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका–९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

कमेन्ट गर्नुहोस्