प्रवासी नेपाली एकता मञ्च ओमन बैठकः कोरोनादेखि नयाँ नक्साबारे छलफल

काठमाडौंः प्रवासी नेपाली एकता मञ्च ओमनको बैठक सम्पन्न भएको छ ।

बैठकमा कोरोना भाइरसले ओमानमा रहेको नेपालीमा पारेको समस्या, हालै नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा छलफल भएको मञ्चका अध्यक्ष उमेश विकले बताए ।

सरकारले नयाँ नक्सा जारी गरेकोमा मञ्चले स्वागत गरेको छ । मञ्चको बैठकले कालापानीमा रहेका भारतीय सैनिकलाई अविलम्ब फिर्ता गर्न पनि माग गरेको छ ।

कमेन्ट गर्नुहोस्