पाकिस्तानमा विमान दुर्घटना हुँदा कम्तीमा ३८ जनाको मृत्यु

काठमाडौंः पाकिस्तानको कराचीमा एउटा यात्री विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ ।

पाकिस्तानका स्वास्थ्यमन्त्री अजरा फजल पेचुहोले ३८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उक्त विमानमा ९१ जना यात्रु र आठजना चालकदलका सदस्य रहेका थिए । उक्त विमान लाहोरबाट कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल तर्फको उडानमा रहेको थियो ।

याे पनि पढ्नुस  १ सय ९१ यात्रु सवार एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना

अवतरण गर्ने क्रममा जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटर पर रहेको कराचीको एउटा बस्ती, मोडेल कोलोनी नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । पाकिस्तान सेनाका अनुसार उसको दुत प्रतिक्रिया सैन्यका सैनिकहरू राहत तथा उद्धार कार्यमा सघाउन दुर्घटनास्थलमा पुगेका थिए ।

याे पनि पढ्नुस  कङ्गोमा उडिराखेको विमान बस्तीमा बजारिँदा थुप्रै हताहति

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो ।

कमेन्ट गर्नुहोस्