पाकिस्तानमा विमान दुर्घटना हुँदा कम्तीमा ३८ जनाको मृत्यु

काठमाडौंः पाकिस्तानको कराचीमा एउटा यात्री विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ ।

पाकिस्तानका स्वास्थ्यमन्त्री अजरा फजल पेचुहोले ३८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उक्त विमानमा ९१ जना यात्रु र आठजना चालकदलका सदस्य रहेका थिए । उक्त विमान लाहोरबाट कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल तर्फको उडानमा रहेको थियो ।

याे पनि पढ्नुस  अमेरिकी सेनाको विमान दुर्घटनाः आफुले खसालेको तालिवानको दाबी

अवतरण गर्ने क्रममा जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटर पर रहेको कराचीको एउटा बस्ती, मोडेल कोलोनी नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । पाकिस्तान सेनाका अनुसार उसको दुत प्रतिक्रिया सैन्यका सैनिकहरू राहत तथा उद्धार कार्यमा सघाउन दुर्घटनास्थलमा पुगेका थिए ।

याे पनि पढ्नुस  इरानमा १८० यात्रु सवार विमान दुर्घटना

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो ।

कमेन्ट गर्नुहोस्