कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड

काठमाडौंः विश्वभर कोरोना संक्रमणको दर झनझन् बढ्दै गएको पाइएको छ । सो क्रममा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धरै कोरोना संक्रमित थपिएका छन् ।

गएको २४ घन्टामा विश्वभर १ लाख ७ हजार ७ सय १६ जना नयाँ संक्रमित थपिएका वल्र्डओमिटरले जनाएको छ । यो एकै दिन पुष्टिभएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो । बिहीबार विश्वभर एक लाख ७ हजार ८१ जना नयाँ संक्रमित फेला परेका थिए ।

याे पनि पढ्नुस  कोरोनामुक्त बन्यो भक्तपुर

विश्वभर अहिलेसम्म संक्रमितको संख्या ५२ लाख ९८ हजार २ सय ७ पुगेको छ । संक्रमितमध्ये ३ लाख ३९ हजार ४ सय १८ को मृत्यु हुँदा २१ लाख ५६ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । शुक्रबार एकै दिन विश्वभर ५ हजार २ सय ४० जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  जापानमा संकटकाल घोषणापछिको पहिलो दिनमै संक्रमितको संख्या बढ्यो

शुक्रबार पुष्टि भएका नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन् । त्यहाँ हिजो एकै दिन २४ हजार १ सय ९७ जना नयाँ संक्रमित थपिएका छन् । त्यसपछि ब्राजिलमा १९ हजार ९ सय ६९ जना नयाँ फेला परेका छन् ।

रुसमा ८ हजार ८ सय ९८, चिलीमा ४ हजार भन्दा धेरै, बेलायतमा ३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  आत्महत्या प्रयास गरेका कोरोना संक्रमितको मृत्यु

भारतमा शुक्रबार एकै दिन ६५ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेको छ । संक्रमित मध्ये अहिलेसम्म ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्