नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी

काठमाडौंः नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरेको छ ।

सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया शुरू गरिसकेको छ ।

नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप र त्यसभित्र अद्यावधिक नक्सा राख्ने कानुनी प्रक्रिया शुरू गरेको हो । संविधान संशोधनको प्रस्तावसँगै नयाँ निशान छापमा अद्यावधिक नक्सामा सामेल कालापानी, लिपुलेक र लिम्पियाधुरा छापिने छ ।

याे पनि पढ्नुस  यस्तो हुनेछ लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा

नक्सा छापिने प्रक्रिया शुरू भएसँगै स्वदेश र अन्तर्राष्ट्रिय समुदायलाई कहाँ–कहाँ पठाउने भन्नेबारेमा समेत मन्त्रालयले तयारी गरेर सूचीसमेत तय गर्दैछ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

कमेन्ट गर्नुहोस्