भोलि सार्वजनिक बिदा

काठमाडौंः गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ ।

याे पनि पढ्नुस  २५ सिडिओको सरुवा, को कहाँ पुगे? (नामसहित)

मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा आइतबार ११ गते बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्