मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड

काठमाडौंः उत्तर अमेरिकी मुलुक मेक्सिकोमा शुक्रबार कोरोना भाइरसबाट हुने दैनिक मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

शुक्रबार ४ सय ७९ जनाको मृत्यु हुनुकासाथै २ हजार ९ सय ६० नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मेक्सिकोमा फरवरीको अन्तिममा पहिलो पटक कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  थप ४३ जना संक्रमित निको भए

यसअघि मेक्सीकोमा कोरोनाबाट सबैभन्दा धेरै मानिस मे २० मा मरेका थिए । त्यतिबेला त्यहाँ ४ सय २४ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए ।

योसँगै मेक्सिकोमा कोरोना संक्रमित संख्या ६२ हजार ५ सय २७ पुगेको छ भने यसबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ८९ पुगेको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिमका २ नाकाबाट एकै दिन १७ हजार बढी नेपाली फर्किए

 

यो पनि पढ्नुस्

भारतीय सत्ता र तथाकथित पत्रकारहरु छटपटिनु पछाडि चीनसँग उसको पुरानो नमिठो घटना जिम्मेवार रहेको देखिन्छ । पढ्नुस यो लिंकमा

https://everestdainik.com/2020/05/327301/

 

कमेन्ट गर्नुहोस्