नेपालमा थप ३२ जनामा देखियो कोरोना

काठमाडौंः नेपालमा थप ३२ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहका ८/८, बारा, काठमाडौं र चितवनका १/१ रहेका छन् ।

शनिबार बिहान ३२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ । संक्रमितमध्ये ३ जनाको मृत्यु हुँदा ७० जना निको भएका छन् ।

याे पनि पढ्नुस  नेपालमा थप ९ जनामा देखियो कोरोना, ३ सय नाघे संक्रमित

कमेन्ट गर्नुहोस्