चीनसँगको रिस नेपालमाथि पोख्दै भारत

गोकर्ण भट्ट

काठमाडौं: व्यक्तिका लागि दुश्मनका कटु वचन र देशका लागि इतिहासका कटु पलहरु नकोट्याउँदा पनि दुखिरहने घाउन बनेका हुन्छन् । समय घर्किंदै जाँदा कहिलेकाहिँ यी घाउहरुमाथिको तह उदांगो हुन्छ, अनि ती घाउहरु झनै पीडादायी भएर बल्झिन्छन् ।

अहिले भारतीय मिडिया र सत्तापक्षको रोदन यही इतिहासको घाउसँग जोडिएको छ । उनीहरुलाई इतिहासको भूतले लखेटेको छ । त्यसैले नेपालको नयाँ नक्सामाथि उनीहरुले तीतो प्रतिक्रिया दिएका छन् ।

तर यो प्रतिक्रिया नेपालको नक्सामाथि कम छ, बरु त्यो घाउसँग बढी छ, जहाँ उनीहरु चीनबाट नराम्ररी खेदिएर भाग्नुपरेको थियो ।

 

मनिषा कोइरालाको एउटा ट्विटमा देखिएको प्रतिक्रिया या त्यसपछि भारतीय मिडिया र केही तथाकथित सत्तावादीहरुको तर्क हेर्दा दुईवटा कुरा स्पष्ट देखिन्छ ।
पहिलो, उनीहरुले नयाँ नक्सामा समेटिएको भूमि नेपालको होइन भनेर स्पष्टसँग भन्न सकेका छैनन् । यो विवादित भूमि हो भन्ने कुरा स्वीकारेका छन् । दोश्रो, यो भूमि विवादित भएपनि यसबारे भारत र नेपालले आपसी संवादबाट विवाद हल गर्नुपर्ने तर चीनलाई बीचमा ल्याउने कुरा गलत हो । यसबाट यो चीनले नेपाललाई उकासेर नक्सा जारी गरेको भन्ने उनीहरुको तर्क छ ।

उनीहरुले नेपाल र भारतको ऐतिहासिक सांस्कृतिक विरासत र सम्बन्धको दुहाई दिएका छन् । र, सँगै भनिरहेका छन् नेपाललाई चीनले उकास्यो, चीनको इसारामा भारतविरुद्ध नेपाल परिचालित भयो ।

१९६२ मा हारेको त्यो पीडा

सन् १९६२, भारत र चीनका बीचमा ठूलो युद्ध भयो । यसलाई सिनो चाइना वारका रुपमा समेत बुझिन्छ । भारत र चीनबीचको हिमालयन क्षेत्रमा जोडिएको सीमा क्षेत्रमा विवाद उत्पन्न हुँदै गएपछि यो युद्धमा परिणत भएको थियो ।

त्यतिबेला तिब्बतमा दलाई लामाले उपद्रो मच्चााइरहेका थिए । दलाई लामाको नेतृत्वमा सन १९५९ मा तिब्बतमा विद्रोह भयो । तर दलाई लामा भागेर भारत गए । भारतले उनलाई शरण दिँदै सीमाक्षेत्रमा कैयन आउटपोष्ट स्थापना गर्यो ।

याे पनि पढ्नुस  विदेशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी

माओको शासनकाल थियो त्यतिबेला, प्रधानमन्त्री भने चाउएनलाई थिए । भारत र चीनबीच ३ हजार २ सय २५ किलोमिटर लामो हिमालयन सीमामा विवाद चुलिंदै गयो । अनि १९५२ अक्टुबर २० मा युद्ध शुरु भयो । भारतले दावी गरेको भूभागबाट भारतीय सेना फिर्ता हुनुपर्ने चीनको माग थियो ।

भारत ब्रिटिशबाट स्वतन्त्र भएको धेरै भएको थिएन । चीनमा पनि माओको नेतृत्वमा नयाँ जनवादी चीन निर्माणको एक दशक पुरा भएको थियो । सामरिक दृष्टिले चीन बलियो स्थितिमा थियो । विकट पहाड र हिमालमा भारतीय सेनाहरु टिक्न सक्ने कुरा थिएन ।

त्यतिबेला रुस र चीनको सम्बन्ध बिग्रिएको अवस्था थियो । त्यसैले रुसले भारतलाई मिग फाइटर एयरक्राफ्टदेखि अन्य सैन्य सामग्री सहयोग गयो तर चीनका गुरिल्लाहरुका अगाडि भारतीयहरुको केही चलेन । चिनियाँ जनमुक्ति सेनाले भारतद्वारा कब्जा गरिएको भूमि आफ्नो अधीनमा लियो । र, नोभेम्बर १९ मा चाउ एनलाईले एकतर्फी सिजफायर अर्थात् युद्ध बिरामको घोषणा गरे ।

यदि चीनले चाहन्थ्यो भने त्यतिखेर भारतको सिंगो हिमाली क्षेत्र कब्जा गर्न सक्थ्यो । तर चीनले घोषणा ग¥यो, ”हामी अर्काको एक इन्च भूमि लिंदैनौं, हाम्रो पनि एक इन्च भूमि अरुलाई कब्जा गर्न दिन्नौं ।” भारतीय सेनाहरु लुखुर लुखुर फर्किन बाध्य भए ।

दक्षिण एशियामा प्रभुत्वको राजनीति

भारतीयहरुका लागि चीनसँगको यो पराजय निकै पीडादायी अनुभूति थियो । एकातिर उपनिवेशमा बस्नुपर्दा विकसित भएको मानसिकता र बेलायती साम्राज्यवादबाट मुक्ति भएको गौरव अर्कोतर्फ चीनसँग लज्जाष्पद हार बेहोर्नुपरेको स्थिति । भारतका लागि यो अवस्था इतिहासको दुखद स्थिति थियो ।
त्यो बेलादेखि भारती सत्तापक्षले चीनविरोधी मानसिकतालाई निकै उकास्यो ।

याे पनि पढ्नुस  विवादित विषयमा सेनापतिलाई जवाफ दिन लगाउनु गलत हुन्छः प्रम ओली

चीन दुश्मन हो भन्ने मानसिकता पाठ्यक्रमदेखि आमरुपमा स्थापित गरियो । सँगसँगै भारतले दक्षिण एशियामा चीनको प्रभुत्व हुन नदिने रणनीति अख्तियार गर्यो । नेपाल, भूटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स जस्ता दक्षिण एशियाली देशहरुमा भारतीय पक्षको प्रत्यक्ष हस्तक्षेप बढ्दै गयो ।

तर पछि गएर श्रीलंकामा लिट्टेविरुद्ध गरिएको अप्रेसन र तत्कालिन प्रधानमन्त्री राजिव गान्धीको हत्या यो हस्तक्षेपमा पहिलो प्रहार थियो । अहिले भारतलाई नेपाल आफ्नो हातबाट फुत्किने हो कि भन्ने ठूलो छटपटी भएको छ । त्यसैले भारतीय सत्ता र तथाकथित नेतृत्वले इतिहास र सांस्कृतिक सम्बन्ध तथा विरासतको कुरा अगाडि सारिरहेको छ ।

भाई भन्दैमा दाईले साँध मिच्ने ?

नेपालले नयाँ नक्सा जारी गर्दा उनीहरुले यही मनोविज्ञानलाई फेरी उछाल्न खोजेका छन् । नेपाल आफैले अहिलेसम्म केही नबोल्नु तर अहिले एकाएक नेपालले नयाँ नक्सा जारी गर्नुको अर्थ चीनले उक्साएको हो भनेर उनीहरु प्रचार गरिरहेका छन् ।

तर एउटा घरमा, एउटा पार्टीमा, एउटा संस्थामा या कुनै पनि क्षेत्रमा सहअस्तित्वको साटो शक्तिमा बसेकोले अरुको सहअस्तित्व अस्वीकार गर्दै एकतर्फी आफ्नो पक्ष लादने अवस्थामा हएउटा सीमापछि कार्यकर्ताले नेताविरुद्ध, भाईले दाईविरुद्ध, सदस्यहरुले पदाधिकारीविरुद्ध मुख खोल्ने कुरा प्राकृतिक नियम हो ।

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा ।

नेपालले अहिलेसम्म धैर्यताको बाँध बाँधेको थियो । अझ भनौं, भारतले चीनको प्रभुत्व दक्षिण एशियामा पर्न नदिन लिएको रणनीतिको शिकार थियो । नेपाल राजनीतिकरुपमा स्वतन्त्र हुन सकेको थिएन । त्यसैले पनि नेपाल चुप थियो । खासगरी राजनीतिक नेतृत्वले समूहगत या गुटगत या दलगत स्वार्थका लागि राष्ट्रियतालाई बन्धकी राख्दै आएको कटु यथार्थ हाम्रा अगाडि थियो । तर यसको अर्थ नेपाली जनतालाई आफ्नो भूमि मिचिएको बोध नभएको होइन । इतिहासमा कालापानीमा भारतीय सेना र महाकाली सन्धी विरुद्ध चर्को आन्दोलन नभएको होइन।

भारतले त्यतिबेला नै यो कुरा बुझ्न पथ्र्यो । नेपाली राजनीतिक दलहरुलाई आफ्नो प्रभावमा ल्याउने रणनीतिको साटो नेपाली जनमानसमा रहेको स्वतन्त्रता र सार्वभौमसत्ताप्रतिको अनुरागको सम्मान गर्न सक्नुपथ्र्यो । तर भारतले यो रणनीति लिएन । यसकै परिणाम अहिलेको अवस्था आएको हो ।

याे पनि पढ्नुस  चीन र रुसले दिए अमेरिकालाई धम्कीः एशिया प्यासिफिकमा मिसाइल तैनाथ गरे चुप लागेर नबस्ने

सहअस्तित्वमा ऐतिहासिक सम्बन्धको विकास जरुरी

भारतीय तथाकथित बुद्धिजीवि, पत्रकारहरु अहिले चीनसँग यो नक्साको कुरा जोडिरहेका छन् । नेपालले नक्सा जारी गर्दा चीनसँग सल्लाह लिनु जरुरी छैन । त्रिदेशीय सीमा बिन्दु भएको र यसअघि भारत र चीनले लिपुलेकमा व्यापारिक नाका खोल्ने सहमति गरेको कारण चीन जोडिएको तर्क भारतीय पक्षले बुझ्नु जरुरी छ । विवादित भूमिमा अर्को शब्दमा भन्नुपर्दा नेपालले दावी गरेको भूमिमा दुबै देशले व्यापारिक नाका खोल्ने सहमति गर्ने तर नेपालसँग छलफल नगर्ने निर्णय गरेका कारण यहाँ चीन जोडिएको हो ।

नत्र नेपालले सुस्ता, महेशपुर, कञ्चनपुरका सीमाको विवादमा पनि चीनको कुरा गथ्र्यो होला । चीनसँग नमिठो हारको पीडालाई नेपालसँग जोडेर तथाकथित चीनविरोधी भावना फैलाउनु भन्दा भारतले छिमेकीलाई सम्मान गर्ने रणनीति लिनु र त्यसका लागि त्यहाँका बुद्धिजीवि र पत्रकारहरुले समेत सहयोग गरेमा मात्रै नेपाल र भारत सम्बन्ध सुध्रिन सक्छ । नेपालसँग सहअस्तित्वको भावना विकास गर्ने हो भने भारत नै नेपालको सबैभन्दा नजिकको मित्र बन्न सक्छ ।

पक्कै पनि भारत र नेपालका बीचमा रहेको सम्बन्ध संसारका कुनै पनि दुई देशबीचमा छैन । साझा इतिहास, साझा सांस्कृतिक विरासतमा हुर्केका यी दुई देशका जनताको मनोविज्ञान पनि साझा नै छ । तर भारतीय राजनीतिक नेतृत्वले राजनीतिक फाइदाका लागि यसलाई गलतरुपमा व्याख्या गरिरहेको छ । दाई र भाईको कुरा गर्ने हो भने एकले अर्काको साँध मिच्नु हुँदैन, समान हैसियतमा बाँच्नुपर्छ भन्ने कुरा भारतले बुझ्नु जरुरी छ ।

कमेन्ट गर्नुहोस्