काठमाडौंमा फेरि भेटिए कोरोना संक्रमित

काठमाडौंः शनिबार बिहान काठमाडौंमा एक कोरोना संक्रमित फेला परेका छन् ।

शनिबार बिहान ३२ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमा एकजना काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित काठमाडौंका ३५ वर्षीय पुरुष हुन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या ११ पुग्यो

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा उनमा कोरोना भेटिएको हो । उनको बारेमा मन्त्रालयले अन्य केही विवरण खुलाएको छैन ।

योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । तीमध्ये ७ जना निको भइसकेका छन् ।

शनिबार बिहान ३२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमितमध्ये ३ जनाको मृत्यु हुँदा ७० जना निको भएका छन् ।

याे पनि पढ्नुस  जहाँ लकडाउन हुनुपर्ने हो त्यहाँ भएको छैनः डा. रवीन्द्र पाण्डे

थप समाचार

भारतीय सत्ता र तथाकथित पत्रकारहरु छटपटिनु पछाडि चीनसँग उसको पुरानो नमिठो घटना जिम्मेवार रहेको देखिन्छ । पढ्नुस यो लिंकमा

चीनसँगको रिस नेपालमाथि पोख्दै भारत

कमेन्ट गर्नुहोस्