बारामा पत्रकारकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि

वीरगञ्जः बारामा पत्रकारकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनका श्रीमान करैयामाई गाउँपालिका निवासी ३८ वर्षीय पत्रकारलाई जेठ ४ मा कोरोना देखिएको थियो ।

पत्रकारकी ३७ वर्षीया श्रीमतीलाई शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले जानकारी दिए ।

याे पनि पढ्नुस  पर्सा र बारामा ठूलो संख्यामा थपिए संक्रमित, कहाँ–कति ?

४ जेठमा ३८ वर्षीय पत्रकारलाई कोरोना संक्रमण देखिएपछि उनका दुई छोरा, दुई छोरी र श्रीमतीलाई क्वारेन्टाइनमा राखिएको थियो । ६ जेठमा उनीहरूको स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो । उनका दुई छोरा र दुई छोरीमा भने संक्रमण देखिएको छैन ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमित सङ्ख्या १९ पुग्यो

हालसम्म बारामा १२ जनामा कोरोना देखिएको छ ।

यो पनि पढ्नुस्

भारतीय सत्ता र तथाकथित पत्रकारहरु छटपटिनु पछाडि चीनसँग उसको पुरानो नमिठो घटना जिम्मेवार रहेको देखिन्छ । पढ्नुस यो लिंकमा

चीनसँगको रिस नेपालमाथि पोख्दै भारत

 

https://everestdainik.com/2020/05/327301/

 

कमेन्ट गर्नुहोस्