प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण

काठमाडौंः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेकपाका अध्यक्ष प्रचण्डलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा हस्तान्तरण गरेकी हुन् । सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिउ ।

याे पनि पढ्नुस  नेकपाको ४५ सदस्यीय स्थायी समितिमा ३ जना महिला नेत्री, को–को परे ?

मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको स्पष्ट पारिन् । सो अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायतको उपस्थिति रहेको थियो ।

मन्त्री अर्यालले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्