चन्द्रागिरीका ६५ जनामा आरडीटी पोजिटिभ देखियो

काठमाडौंः चन्द्रागिरी नगरपालिकाका ६५ जनामा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । उनीहरू लकडाउनपछि विभिन्न जिल्लाबाट चन्द्रागिरी प्रवेश गरेका थिए ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीका विभिन्न व्यक्तिको आरडीटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजिटिभ देखिएको बताए । उनले आरडीटी रिपोर्ट पोजिटिभ देखिएकालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

याे पनि पढ्नुस  कपिलवस्तुमा थपिएका संक्रमितमध्ये २ जना पत्रकार पनि

आरडीटीको रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरूको पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

कमेन्ट गर्नुहोस्