भारतः संक्रमितको संख्यामा रेकर्ड ब्रेक, सवा लाख बढीमा कोरोना

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले विकराल रुप लिएको छ ।

पछिल्लो दिनमा संक्रमणले व्यापक विस्तार लिएसँगै कूल संक्रमितको संख्या सवा लाख नाघेको छ ।

शनिवार बिहान ११ बजेसम्मको तथ्यांक अनुसार, भारतमा १ लाख २५ हजार १ सय २१ जना संक्रमित भएका छन् ।

चौथो चरणको लकडाउन रहेको भएपनि प्रतिदिन संक्रमितको संख्या भने थपिंदै गइरहेको छ ।

अहिलेसम्म संक्रमणबाट ३ हजार ७ सय २८ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ५१ हजार ८ सय ३६ जना निको भएको कोभिड १९ ले जनाएको छ ।
भारतले हाइ रिस्क जोनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कोरोनासँग लडिरहेका कर्मचारीहरुलाई हाइड्रोक्सीक्लोरोक्विन औषधी खुवाउने निर्णय समेत गरेको छ ।

याे पनि पढ्नुस  एउटा हल्लाका कारण लकडाउनको वास्ता नगरी बान्द्रा स्टेशनमा ओइरिए हजारौं मानिस (भिडियोसहित)

भारतका सबै जसो राज्यमा कोरोना संक्रमण देखिएपनि सबैभन्दा धेरै संक्रमित भने पाँच वटा राज्यमा देखिएका छन् ।

महाराष्ट्र, दिल्ली, तमिलनाडु, राजस्थान र गुजरातमा कूल संक्रमितको ७३ प्रतिशत रहेका छन् ।

सबैभन्दा धेरै संक्रमण भने भारतको महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा मात्रै ४४ हजार ५ सय ८२ जना संक्रमित देखिएका छन् । यो राज्यको मुम्बई संक्रमणको मुख्य केन्द्र बनेको छ ।

भारतका ५ वटा शहरमा मात्रै कूल संक्रमणको ६० प्रतिशत संक्रमित देखिएका छन् । मुम्बईमा मात्रै २० प्रतिशत संक्रमित छन् । यसैगरी दिल्ली, चेन्नई, अहमदाबाद र ठाण्ोमा कूल संक्रमणको ४० प्रतिशत संक्रमित रहेका छन् ।

याे पनि पढ्नुस  उत्तराखण्डका मन्त्रीकी श्रीमती संक्रमित, मन्त्रीसहित ४१ जनालाई क्वारेन्टाइनमा राखियो

नेपालसँग सीमा जोडिएका राज्यहरु उत्तर प्रदेश, पश्चिम बंगाल र बिहारमा पनि उच्च संक्रमण छ । उत्तराखण्ड राज्यमा भने संक्रमण तुलनात्मकरुपमा निकै कम छ ।

नेपालसँग सीमा जोडिएका राज्यहरुको अवस्था
बिहारमा २१६६
उत्तर प्रदेश ५७३५
पश्चिम बंगाल ३३३२
उत्तराखण्ड १५३

यसैबीच भारतले प्रवासी मजदुरलाई घर पठाउन विशेष रेल सुचारु गरेको छ । देशका प्रमुख रेलवे स्टेशनबाट बिभिन्न स्थानका लागि रेल परिचालन भएका छन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमितको संख्यामा भारतमा फेरि नयाँ रेकर्ड

लकडाउनको सबैभन्दा ठूलो असर आम मजदूरहरुलाई परेको छ । संक्रमित हुनेहरुमा समेत समाजमा आर्थिकरुपमा कमजोर वर्ग नै बढी देखिएका छन् । हजारौं मजदूर सयौं किलोमिटर पैदल नै चलेर घर फर्केका छन् । बिहारमा संक्रमितहरुको कुल संख्याको ७२ प्रतिशत संक्रमण प्रवासी कामदारमा देखिएको नवभारत टाइम्सले जनाएको छ ।

घर फर्किने क्रममा सय भन्दा बढी मजदूरको दुर्घटनामा मृत्यु समेत भइसकेको छ ।

यसैबीच भारतले आगामी मे २५ देखि हवाई सेवा समेत सुचारु गर्ने भनेको छ ।

कमेन्ट गर्नुहोस्