त्रिवि शिक्षण अस्पतालका १ बिरामीमा कोरोना संक्रमण

काठमाडौंः काठमाडौंकाे त्रिवि शिक्षण अस्पतालमा उपचाररत १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।

याे पनि पढ्नुस  लकडाउन एक साता लम्ब्याउने तयारी

त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक पर्सन डा. सन्तकुमार दासले उपचाररत महिलालाई कोरोना संक्रमण भएको पुष्टि गरे । उनले ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्